सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा आज मुम्बई र बैंगलोर भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधबार मुम्बई इण्डियन्स् र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे युएईको अबुधाविमा हुनेछ। प्लेअफमा स्थान सुरक्षित गर्न दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण छ।

समान ११ खेल खेलेका दुबै टोलीको अंकतालिकामा समान १४ अंक छ। रनरेटका आधारमा मुम्बई पहिलो स्थानमा छ भने बैंगलोर दोस्रो स्थानमा छ। बैंगलोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिने छ।

तर मुम्बईका कप्तान रोहित शर्मा खेल्ने नखेल्ने टुंगो लागेको छैन। यसअघिका दुई खेलमा स्वास्थ्य समस्याका कारण रोहितले खेल्न नसक्दा किरण पोलार्डले मुम्बईको कप्तानी गरेका थिए।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार १४:३९