सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देही र पाल्पाका थप २ जना कोरोना संक्रमितको मृत्यु

प्रतिकात्मक तस्वीर

बुटवल । रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार बिहान साढे ११ बजे र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको हो ।

७१ वर्षीया महिला असोज ६ गते कोरोना संक्रमण पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालको भर्ना भएकी थिइन् । आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए ।

महिला क्यान्सरको दीर्घ रोगी थिइन् । तानसेनका पुरुष भने ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ११ मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका थिए ।

उनको पनि उपचारकै क्रममा मंगलबार राति नै मृत्यु भएको थियो । उनको बुधबार मात्रै पीसीआर रिपोर्ट पोजेसटभ आएको हो

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार १३:२६