सूचनाको शक्ति - The Power Of Information

        

फेसबुकले ल्यायो १०० भाषामा अनुवाद गर्न सक्ने सफ्टवेयर

बाँके । फेसबुकले १०० वटा भाषालाई अनुवाद गर्न सक्ने नयाँ सफ्टवेयर लञ्च गरेको छ । मेसिन लर्निङमा आधारित उक्त सफ्टवेयर फेसबुकका करिब दुई अर्बभन्दा बढी प्रयोगकर्ता लाभान्वित हुने फेसबुकले बताएको छ ।

फेसबुकले यो ट्रान्सलेसशन सफ्टवेयरको नाम ‘एम टू एम हन्ड्रेड’ राखेको छ । फेसबुकले गरेको दावी अनुसार, १०० भाषाको अङ्ग्रेजी अनुवाद गर्न सक्ने यो विश्वकै पहिलो सफ्टवेयर हो । यसले सामाजिक सञ्जालमा रहेका १०० भन्दा बढी भाषामा रहेको सामग्रीलाई अनुवाद गर्न सक्ने बताइएको छ ।

यो सफ्टवेयर निर्माणमा अनुसन्धान सहायक एन्जेला फनले आफ्नो ब्लगमा सफ्टवेयरको लागि फेसबुक रिसर्च टीमले वषौंदेखि काम गरेको उल्लेख गरेकी छन् । अब फेसबुकले हरेक दिन २० अर्बभन्दा बढी अनुवाद गर्न सक्ने उनको दावी छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार १५:१२