सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो, मृतकको संख्या ८१२ पुग्यो

सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सहित कोरोना संक्रमितको जम्मा संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार २१५ छ ।

योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भइ डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना छन् ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या ८१२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप १५५२ जना कोरोना संक्रमित भएका छन् ।

काठमाडौंमा १२८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना संक्रमित थपिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १६:५१