सूचनाको शक्ति - The Power Of Information

        

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं ।  आज सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएकाे सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार ११:३०