सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ अर्थमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । कात्तिक ३ गते अर्थमन्त्री विष्णु पौडेलले श्रेष्ठलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत श्रेष्ठ यसअघि पनि लुम्बीन प्रदेशको योजना आयोगको उपाध्यक्ष बनेका थिए । राष्ट्र बैंकको निर्देशक हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएका श्रेष्ठ कार्यकारी निर्देशकमा बढुवा भएसँगै राष्ट्र बैंक केन्द्रीय कार्यलयमा तानिएका थिए ।

उनी राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालय जानेछन् । तालुकदार मन्त्रालयको रुपमा यसरी काजमा लैजाने सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ११:३२