सूचनाको शक्ति - The Power Of Information

        

केदारस्युँ गाउँपालिकामा पाँच दिन सेवा बन्द

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाले पाँच दिनको लागि आफूले दिने सम्पूर्ण सेवा बन्द गर्ने भएको छ । कोरोना भाइरस समुदायस्तरमा फैलिन थालेपछि कार्तिक २ गतेदेखि ७ गतेसम्मको लागि गाउँपालिकाले दिने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर भण्डारीले बताए ।

यसैबीच, पालिकाभित्रै एक वडाबाट अर्को वडामा समेत आवतजावत गर्न निषेध गरेको छ । यसअघि असोज ३० गतेदेखि नै एक हप्ताको लागि केदारस्युँ गाउँपालिकाको केन्द्र देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्र शील गरिएको थियो । स्वास्थ्य केन्द्रमा कार्यरत्त दुईजना स्वास्थ्यकर्मीमा समेत शुक्रबार कोरोना संक्रमण देखिएपछि केदारस्युँमा पुनः कडाइका साथै स्वास्थ्य केन्द्रबाट दिने सेवाहरुसमेत बन्द गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १०:५३