सूचनाको शक्ति - The Power Of Information

        

कम्बोडियामा बाढीका कारण २६ जनाको मृत्यु, २६ हजार बढी घरबारविहीन

काठमाडौं । कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ । बाढीका कारण २६ हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएको बताइएको छ ।

बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ । वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पुर्‍याएको छ भने करिब २ लाख ५० हजार मानिस प्रभावित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा रहेकाहरुको उद्धार तथा पुनस्र्थापनाको काम जारी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट गरेको बताइएको छ । वर्षा अझै केही दिन लम्बिने भन्दै सरकारी अधिकारीहरुले सर्वसाधारणलाई सुरक्षित रहन अपीलसमेत गरेका छन् ।

कम्बोडियामा हरेक वर्ष अगस्ट र अक्टोबरमा आउने बाढीका कराण हजारौं नागरिक प्रभावित हुने गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतवार ०७:४३