सूचनाको शक्ति - The Power Of Information

        

भौतिक पूर्वाधारमन्त्री चौधरीलाई कोरोना संक्रमण

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री चौधरीसहित उनकी श्रीमती द्रोपदा, सुरक्षागार्ड, चालक र सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री चौधरीले आफूसहित श्रीमती र आफ्ना सहयोगीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

पूर्वाधार विकासमन्त्री चौधरीले लेखेका छन्, ‘मसँग नजिकमा रहनुभएका सम्पूर्णलाई जानकारीका लागि र सजगता अपनाउन आग्रह गर्दछु ।’ उनले बिहीबारदेखि होम आइसोलेसनमा बसेको बताएका छन् । संक्रमित भएका पाँचजनामध्ये आफूलाई मात्र रुघा लागेको र अन्य चारजनामा कुनै लक्षण नदेखिएको मन्त्री चौधरीले जानकारी दिएका छन् ।

मन्त्री चौधरीले गत शनिवार पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय युवा संघ नेपाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सपथग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सहभागी थिए । लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केशीलगायतलाई पनि कोरोना संक्रमण भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ०९:१०