सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

दशैंमा टीका टाढैबाट लगाउनु : सीसीएमसी

काठमाडौं । दशैंमा टीका लगाउँदा भौतिक दूरी कायम गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै नागरिकलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले नजिकै बस्दा भाइरस सर्न सक्ने सम्भावना हुन्छ ।

यसैकारण सकेसम्म दूरी कायम गरेर टीका थाप्न वा लगाइदिन केन्द्रले अनुरोध गरेको हो । केन्द्रका अधिकृत दिलीपकुमार महर्जनका अनुसार टीका लगाइदिने मान्यजनलाई रुघाखोकी लागेको छ भने त टाढैबाट आशीर्वाद लिन केन्द्रले अनुरोध गरेको छ । साथै टीका लगाउने व्यक्ति संक्रमित छ भने टीका लगाइदिने ज्येष्ठ नागरिकलाई झन् बढी जोखिम हुन्छ ।

यसर्थ दशैंमा टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेको छ । यस्तै सरकारले यसअघि नै यस वर्षको दसैंमा धेरै ओहोरदोहोर नगर्न र आफू बसेकै ठाउँमा रहेर मनाउन अनुरोध गरिसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ०८:५२