सूचनाको शक्ति - The Power Of Information

        

देशभरका अदालत कात्तिक १५ गतेसम्म बन्द

काठमाडौं । घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ । विगत वर्षमा जस्तै घस्थापना भोलि कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो ।

अदालतबाट नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ ।

जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ । त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालतमात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ०८:१८