सूचनाको शक्ति - The Power Of Information

        

लोकसेवा सूचना प्रविधि परीक्षा स्थगित

काठमाडौं । सर्वोच्च अदालतले सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा तत्काल सञ्चालन अन्तरिम आदेश दिएको छ ।

निवदेक रमेशराज सुवेदीले दिएको रिटमा सुनुवाई गर्दैै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सूचना प्रविधि विज्ञ पदको लिखित प्रतियोगात्मक परीक्षा सञ्चालन नगर्न भनेको हो ।

सर्वोच्चको आदेशअनुसार लोक सेवा आयोगले सूचना प्रकाशित गर्दै नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको २९ र ३० असोजमा सञ्चालन हुने लिखित प्रतियोगितात्मक परीक्षा स्थगित गरेको जनाएको छ ।

‘निवेदनको अन्तिम टुंगो नलागेसम्म लोक सेवा आयोगको २०७७ असोज ९ मा प्रकाशित विनं १७१६७-०७६–०७७ नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको काम कारबाही जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्नु’ भनी अन्तरिम आदेशमा उल्लेख छ ।

यसअघि परीक्षामा विज्ञको मिलेमतो रहेको ठहर गर्दै गत २९ साउनमा आयोगले सम्पूर्ण परीक्षा नै रद्द गरी पुनः २९ र ३० असोजमा लिखित परीक्षा हुनेगरी कार्यक्रम तोकिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १०:०८