सूचनाको शक्ति - The Power Of Information

        

यूईएफए नेसन्स लिगमा फ्रान्स विजयी, क्रोएसिया २–१ ले पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई हराएको छ । गएराति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा केलियन एम्बाप्पेले विजयी गोल गरेका हुन् । नेसन्स लिग फुटबलमा फ्रान्स अपराजित छ ।

उसले सन् २०१८ को विश्वकपको फाइनलमा जस्तै क्रोएसियाविरुद्ध जित निकाल्न सफल भयो । खेलको आठौं मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएका थिए ।

एभर्टनका पूर्व खेलाडी निकोला व्लासिकले ६४ औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

केलियन एम्बाप्पेले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए । खेल सकिन ११ मिनेट अघि एम्बाप्पेले १६ औं अन्तराष्ट्रिय गोल गर्न सफल रहे ।

इन्जुरी समयमा क्रोएसियाले बराबरीको अवसर पाएको थियो । तर लेस्टरका पूर्व फरवार्ड लेडी क्रामरिकले बक्सभित्र प्राप्त बललाई सिधै गोलकिपर ह्युगो लोरिसको हातमा दिएका थिए ।

समूह ए थ्रीमा रहेको फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ । क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । एजेन्सी

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०८:०६