सूचनाको शक्ति - The Power Of Information

        

वामदेवको मुद्दाको सुनुुवाइ आजपनि स्थगित

काठमाडौं ।  संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको नेकपा नेता वामदेव गौतमको मुद्दा आज पनि स्थगित भएको छ ।

बर्दियाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपनि राष्ट्रियसभा सदस्य रहेका गौतमविरुद्ध दायर भएको रिटमा निवेदक, सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको छ ।

असोज २१ गते हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो । उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो ।

आज मुद्दाको सुनुवाइ स्थगित भएपछि कात्तिक १९ गतेपछि मात्र सुनुवाइ हुने सम्भावना छ । असोज १ गतेदेखि घटस्थापना सुरु भएपछि दसैंअवधिमा अदालत बिदा हुने छ ।

गौतमको हकमा अन्य कुरा केही नभए पनि मन्त्रिपरिषद विस्तार भएमा भने सर्वोच्चको आदेशले समस्या पर्नेछ । सरकारले पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन गर्ने भने पनि सकेको छैन ।

गौतम पक्षका केही कानुन व्यवसायी र निवेदकको जवाफी बहसमात्र बा“की रहेको छ । यो सकिएलगत्तै सर्वाेच्चले आफ्नो निर्णय सुनाउने छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ११:४२