सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र संघको मानवअधिकार परिषद्‍ सदस्यमा नेपाल पुनः निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (एचआरसी) सदस्यमा पुनः निर्वाचित भएको छ ।

राष्ट्र संघको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको हो।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको जानकारी दिएको हो ।

विज्ञप्तिमा उल्लेख भए अनुसार नेपाल तीन वर्षे कार्यकालका लागि नियुक्त भएको हो । यसअघि नेपाल सन् २०१८ बाट परिषद् सदस्य थियो।

१५० भोट पाएर निर्वाचित नेपाल २०२३ सम्म सदस्य रहनेछ । गोप्य मतदानबाट नेपालसहित एसिया पेसिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान परिषद् सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०८:४७