काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्काका १ हजार ४१६ जनासहित देशभरमा २ हजार ७१ थप जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गोतमका अनुसार आइतबार पनि सबैभन्दा बढी काठमाडौँमा १ हजार १४५ जनाका कोरोना पुष्टि भएको हो। त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरमा १६१, भक्तपुरमा ११०, बर्दियामा १०४ र रुपन्देहीमा ९८ रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ। प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ।
हेरौँ आज कुन जिल्लामा कति संक्रमित थपिए?
सत्यपाटी ।