कास्की । गण्डकी प्रदेशमा आइतबार बिहान थप ६२ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६२ जना संक्रमितहरु थपिएका हुन् । नयाँ संक्रमितहरुमा बाग्लुङका ३६ जना, कास्कीका २१ जना र लमजुङका ५ जना रहेका छन् ।
नयाँ संक्रमितहरुमा बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा, २ जना पुरुष नेपाल प्रहरीमा र १ जना पुरुष र १ जना महिला बाग्लुङ ईजलासमा कार्यरत, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायी रहेका छन् ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत छन् भने वार्ड नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आएका हुन् ।
अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ४७५३ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३२२७ जना ठिक भएका छन् ।
सत्यपाटी ।