सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ बिक्री

काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउतोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्यतोलाको ९३ हजार ६ सय रुपैयाँनिर्धारण भएको थियो ।चाँदीको भाउप्रतितोला ११सय७५ रुपैयाँकायमभएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार ११:३२