सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

चाडपर्वमा कोरोना संक्रमणबाट कसरी बच्ने ? यस्तो छ विज्ञको सल्लाह (भिडियोसहित)

बाँके । कोरोनाको महाव्याधिबाट संसार त्रस्त छ । यसका सामु मै हुँ भन्ने विकसित देशहरु पनि हावाकावा खाइरहेको छ । नेपालमा पनि त्यो महाव्याधिले खुट्टा फैलाउँदैछ । यसका विरुद्धमा अहिलेसम्म खोप वा औषधि फेला परिसकेको छैन । यो स्थितिमा यो रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय नै रोगलाई आफूछेउ ढिम्किन नदिनु नै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको मौसम सुरु भएकोले कोरोना जोखिमबीच मनाउँदा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गर्न नागरिकलाई अपील गरिरहेको छ । चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने, यदि जानैपर्ने भएमा सहभागी हुँदा मास्कको प्रयोग अनिवार्यरुपले गर्ने, चाडपर्व तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्यरुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न सुझाइरहेको छ ।

मन्त्रालयले अत्यावश्यक र अनिवार्य मापदण्डहरुमा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नैपर्ने भएमा कम्तीमा २ मिटरको दूरी अनिवार्य रुपमा कायम गर्ने, धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउनसक्ने सामाग्रीहरु नछुने, अनुहारको टी क्षेत्र आँखा, नाक र मुख सकेसम्म नछुने, यदि छुनै परेमा हात धोई वा स्यानिटाइजर प्रयोग गरेर मात्र छुने लगायतका मापदण्डहरु अपनाउन आग्रह गरिरहेको छ ।

अझ दशैं नजिकिँदै गर्दा देशमा कोरोना संक्रमण बढ्दो छ । यस्तो बेला कोरोनाबाट बच्दै कसरी चाडपर्व मनाउने ? यो भिडियो सुन्नुहोस् :

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १०:५४