काठमाडौं । तातोपानी नाका सोमबारदेखि सञ्चालनमा आएको छ ।
पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका सञ्चालनमा आए लगत्तै आयात सुरू गरिएको छ ।
नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सञ्चालन गर्ने सहमती भएसँगै आजदेखी नै नाकाबाट आयात सुरू भएको हो ।
गएको असार २५ गतेदेखि बन्द भएको तातोपानी नाका सञ्चालनमा आएपछि आइतबार नै ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु भित्रिएको छ ।
सत्यपाटी ।