सूचनाको शक्ति - The Power Of Information

        

बुहारीलाई गाली गर्ने पूर्वडिएसपीलाई ५० हजार जरिवाना

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिएसपी कृष्ण खड्कालाई जिल्ला अदालत काठमाडौँले साइबर अपराध मुद्दामा ५० हजार जरीवाना हुने फैसला गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेका हुन् ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०३३ को दफा ४७–९१० विपरितको कसुर र सोही ऐनको दफा ४७ (१) बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ । खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी भाइबुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएको उजुरीपछि महानगरीय अपराध महाशाखाले उनलाई २०७५ असोजमा पक्राउ गरेको थियो । उनी असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार १५:४३