सूचनाको शक्ति - The Power Of Information

        

कुख्यात साइबर अपराधीलाई भारतबाट काठमाडौँ ल्याइँदै

काठमाडौं । आईटीमा डिग्रि गरेका एक व्यक्तिलाई साइबर अपराधको आरोपमा प्रहरीले भारतबाट ल्याएको छ।

स्रोतका अनुसार प्रहरीले जुम्ला घर भएका पसल रोकायलाई स्थलमार्ग हुँदै झापा ल्याएपछि त्यहाँबाट हवाई मार्गमार्फत काठमाडौँ ल्याउँदै छ। साइबर ठगी लगायत केही घटनामा रोकायको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

रोकायलाई खोज्न नेपाल प्रहरीको एक अनुसन्धान टोली परिचालन गरिएको थियो।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार १२:३२