सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाबाट जुम्ल्याहा जन्माएकी सुत्केरीको मृत्यु

बाँके । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–२ घर भएकी २९ वर्षीया सुत्करीको उपचारका क्रममा आज (आइतबार) बिहान ४ः३० बजे मृत्यु भएको हो ।

कञ्चनपुरको धनगढीस्थित सेती अस्पतालमा उनले एक छोरा र छोरी जुम्ल्याहा जन्माएकी थिइन् । त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको अपरेसन गरिएको थियो । रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

त्यसपछि यही असोज १५ गते उनलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । तर उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके ल्याइएका ९ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार ०८:३९