सूचनाको शक्ति - The Power Of Information

        

कुनै दीर्घ रोग नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु

धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएको र उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको र गम्भीर अवस्थामा रहेका उक्त संक्रमितको उपचारका क्रममा बुधबार राति ९:३० बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताए ।

डा. सापकोटाका अनुसार उक्त संक्रमितमा पहिलेदेखि कुनै पनि प्रकारको दीर्घ रोग वा अन्य कुनै रोग थिएन ।अस्पतालका अनुसार मृतकको शव नियमानुसार व्यवस्थान हुँदैछ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार ०८:३३