सूचनाको शक्ति - The Power Of Information

        

श्रीमती र गर्लफ्रेण्ड साटफेर गर्दै चलाउँदै !

एजेन्सी । विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । पछिल्लो समय जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्ने गरी यहाँका दम्पत्तिले श्रीमती साटफेर गरेर चलाउने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई अर्को परिचत पुरुषसँग पठाउने र परिचित पुरुषकी श्रीमती वा गर्लफेण्डलाई आफुले भोगचलन गर्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।

घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर (नाम परिवर्तन)लाई चलाउन सुम्पिए भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफू रमाए । यो खबर भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले प्रकाशित गरेको छ ।

समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो । सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले यस्तो कार्य गरेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । पीडित सीताको आरोप छ, ‘श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई)की गर्लफ्रेण्ड निशासँग साटेर चलाए ।’ पीडित सीताले आफ्ना पति (हरि) र उनका फूपूका छोरा अमरविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

सुरुमा सीतालाई हरिले फूपाजूको घर लगेका थिए । त्यहाँ रातको समयमा लगातार हरिले सीतालाई फूपाजूका छोरा अमरसँग विस्तरामा एक साथ राखे । हरि पनि अमरकै गर्लफ्रेण्ड निशासँग त्यही कोठामा सुत्थे । र दुबै जोडी सँगै कार्य चलाउँथे । जब सीता यो कार्यको विरोध गर्थिन् तब उनलाई छाडिदिने हरिको कुरा आउँथ्यो । साथै श्रीमान र फूपाजूका छोरा मिलेर दुबैले एकसाथ दुबै जनासँग पनि साथ जमाए ।

दिल्लीमा यो क्रम धेरै दिन चल्यो । त्यसको केही दिनपछि सीता श्रीमान हरिसँगै कानपुर आइन् । महिना दिनपछि अमर र निशा पनि त्यहाँ आइपुगे । त्यहाँ पनि दिल्ली जस्तै श्रीमती, गर्लफ्रेण्ड साट्न थाले । सीता भन्छिन्, ‘मलाई फूपूका छोरा अमरसँग कोठामा पठाउथे । मलाई रातभरी सुत्न नदिइ अमरले ज्यादै चलाउन खोज्थे । मेरा श्रीमान निशासँग रातभरी अर्को कोठामा बिताउथे । यो सम्बन्धमा निशा राजी थिइन् तर मेरो बाध्यता थियो ।’

यो क्रम एक हप्ताभरी चल्यो त्यसपछि सीताको धैर्यताको बाँध टुट्यो । यो घटनाबारे उनले पुलिसलाई जानकारी गराइन् । हरि र अमरविरुद्ध गम्भीर आरोपमा मुद्दा दर्ता गराइन् । पीडित सीतालाई प्रहरीले मेडिकल परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ । प्रहरी अनुसन्धान अनुसार आरोपी सीताका श्रीमान हरि जाजमउका ठूला व्यापारी हुन् । उनले सीतासँग विदेशमा पढ्ने र ठूलो व्यापारी भनेर प्रेम विवाह गरेका थिए । सीताले १० वर्ष पहिला धर्म परिवर्नत गरेर हरिसँग विवाह गरेकी थिइन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार ०८:३०