सूचनाको शक्ति - The Power Of Information

        

बिराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनवर्षी नगरपालिकाकी ७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार असोज १० गते भर्ना भएको उनको उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणसँगै ति व्यक्तिमा ज्वरो, खोकी, श्वासप्रश्वास लगायतको समस्या थियो ।

यस्तै विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पताल प्रशासनका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको भन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ०९:१४