सूचनाको शक्ति - The Power Of Information

        

सीमा विवादमा अरमेनिया र अजबैजानबीच झडप, २३ सैनिक मारिए

काठमाडौं । अरमेनिया र अजरबैजानबीच सीमा विवादका कारण दुई देशका सेनाबीच झडप हुँदा २३ जना मारिएका छन् ।

दशकौंदखि विवादको रुपमा रहेको नगनो र काराबाख क्षेत्र अजरबैजानले आफनो हिस्साको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाइसकेपनि अर्मेनियालीहरुको नियन्त्रणमा रहेको छ ।

सो क्षेत्र अरमेनियालीहरुको कब्जाबाट मुक्त गर्ने क्रममा भएको झडपमा दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अजरबैजानका राष्ट्रपति इलाहाम अलिएभले सो क्षेत्र आफूहरुको नियन्त्रणमा आउने दाबी गर्दै यसका लागि जस्तोसुकै संघर्ष गर्नुपरेपनि तयार रहेको बताउनुभएको छ ।

यसअघि यही क्षेत्रलाई लिएर दुई देशबीच गत जुलाइमा भएको झडपमा १६ जना मारिएका थिए ।

उक्त क्षेत्र आफ्नो भन्दै अरमेनियालीहरुको तर्फबाट कब्जा मुक्त गर्न दबाब दिँदै अजरबैजानमा वर्षौंसम्म प्रदर्शन समेत भएको थियो ।

सो क्षेत्र विश्व बजारमा तेल र प्राकृतिक ग्यास र पाइपलाइनहरुको करिडोरको रुपमा रहेको बबताइएको छ ।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले सीमा समस्या समाधानका लागि अजरबैजानलाई सहयोग गर्ने बचन दिनुभएको छ भने रुस, फ्रान्स र इरानले दुई देशबीच युद्धबिरामका लागि वार्ता समेत आह्वान गरेका छन् ।(एजेन्सी)

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार ०७:५४