सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम पूर्वानुमान: बदली र वर्षा कायमै

काठमाडौं । मुलुकभरको मौसममा आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।

यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १ का केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

आइतबार राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहानीपख प्रदेश १ मा पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।

हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको मौसम विभागले जनाएको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतवार ०८:०६