सूचनाको शक्ति - The Power Of Information

        

दुई लाख ४४ हजार नगद सहित १९ जुवाडे पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ झलारीबाट जुवा खेलाउने साहु सहित १९ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा जुवाडे  पक्राउ गरिएको प्रहरीले  जनाएको छ ।

स्थानीय डबल बहादुर ऐरले आफ्नै होटलमा जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरिएको  कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताए । उनका अनुसार साहु ऐर सहित १९ जुवाडे र खालबाट दुई लाख ४४ हजार रुपैयाँ बरामद गरिएको छ । पक्राउ पर्नेमा कैलाली र कञ्चनपुरका स्थानीय रहेका छन् ।

प्रहरीका अनुसार  कैलालीकाे गोदावरी नगरपालिकाका प्रकाश बोहोरा, घनश्याम खत्री, गोविन्द पाण्डे, नरेश रोकाया, सुरज बुढा, मिन गुरुङ, विक्रम सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका खकेन्द्र बोहोरा, विष्णु भट्ट र शुक्लाफाँटा नगरपालिकाका एकेन्द्र सुनार, गगन बहादुर ऐर, बालकृष्ण राना, जय बहादुर ऐर, शुवर्ण विष्ट, हरिष जोशी विक्रम भण्डारी, विनोद विष्ट, ज्ञानु ऐर र मिन बहादुर ठकुल्ला पक्राउ  परेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । कानुन बमोजिम कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०९:५३