सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालगञ्जका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु, बाँकेमा मृत्यु हुनेको संख्या १२

शुक्रबार ५ जना कोरोना संक्रमित डिस्चार्ज

बाँके । नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालगञ्ज–३, एकलैनीका ५२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहान २ः २५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनको दुवैतिर फोक्सोको निमोनिया थियो।स्वास्थ्यमा समस्या भएपछि असोज ६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आयो ।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  यसैबीच, बिहीबार रातीसम्म गरेर तीन लटमा सार्वजनिक गरिएको विवरण अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दीपक बर्मासहित ४८ जनालाई कोरोना पुष्टि भएको छ ।

यता, शुक्रबार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लामा अहिलेसम्म एक हजार तीन सय ६१ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमितको संख्या एक हजार सात सय ५० पुगेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०९:१८