सूचनाको शक्ति - The Power Of Information

        

वामदेवविरुद्ध सर्वोच्चमा परेको रिटको पेसी तोकियो

काठमाडौं । वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्नु कानुनसम्मत नरहेको भन्दै सर्वाेच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको छ । रिट निवेदकका कानुन व्यवसायी बहस गर्ने तयारीमा छन् । सरकारी वकिलले आज बसह नगर्ने भएका छन् ।

यस प्रक्रियालाई रोक्न अन्त्रिम सर्वाच्चले अन्तरिम आदेश दिएमा गौतमका कारबाही रोकिने छ । भने अन्तरिम आदेश जारी नभए उनलाई राष्ट्रिय सभाको बैठकमा सहभागी हुन मन्त्री बन्नका लागि समेत बाटो खुल्नेछ ।

अधिवक्ता  दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको दुई वटा रिटको पेसी आज चढेको हो। रिटमा वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेको सिफारिस बदर गरी मन्त्री तथा सांसदको रूपमा कार्य न गराउनू भनिएको छ ।

रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन र मन्त्रिपरिषदमा सामेल नगर्न अन्तरिम आदेश पनि माग गरिएको छ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतमलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार १२:१६