सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट ललितपुरमा २ जनाको मृत्यु

काठमाडौं । ललितपुरका २ अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरको अल्का र मेघा अस्पतालमा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर धापाखेलका ८० वर्षीय पुरुषको ५ बजे मेघा अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ५ बजे मृत्यु भएको  हो । उनलाई भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो।

अल्का अस्पतालमा उपचाररत ललितपुर महानरगपालिका-१६ पाटनका ७४ वर्षीय पुरुषको बुधबार बिहान सबा २ वजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।वृद्ध ज्वरो आएपछि भदौ १६ गते अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार १०:१३