सूचनाको शक्ति - The Power Of Information

        

विराट शिक्षण अस्पतालमा कोरोना संक्रमितको मृत्यु

मोरङ ।  मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ।

बुढीगंगा गाँउपालिकास्थित अस्पतालमा झापा भद्रपुर ८ का ८६ वर्षीय बृद्धको मृत्यु भएको अस्पताल प्रशासन प्रमुख सुधिरसिंह राठौरले जानकारी दिए।

राठौरका अनुसार उनको उपचारका क्रममा बुधबार बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको हो। भदौ ३ गते कोरोना भाइरससँग मिल्दो लक्षणसहित उपचारका लागि आइसीयूमा भर्ना गरिएको उनले बताए।

सोही दिन बिरामी बृद्धको स्वाब नमूना संकलन गरी पठाउँदा ५ गते रिपोर्ट पोजिटिभ आएको थियो। अस्पताल आइसोलेसन प्रमुख डा. पुरु कोइरालाले बिरामीलाई आइसीयूमा राखेर उपचारका लागि प्रयास गरिहँदा सफल हुन नसकेको बताए।

बृद्धमा महुमेहसँगै मिर्गाैलाको पनि समस्या रहेको डा. कोइरालाले बताए। यससँगै प्रदेश १ मा हालसम्म ५७ जना संक्रमितको मृत्यु भइसकेको छ। जसमा १७ महिला र ४० जना पुरुष रहेका छन्।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार ०९:२६