सूचनाको शक्ति - The Power Of Information

        

पर्सा र बाराका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं।  पर्सा र बाराका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा पर्सा र बाराका १८ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

पर्साबाट १ सय ३६ स्वाबको परीक्षण गरिएकोमा ६ जना र बाराबाट १ सय ६४ स्वाबको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।

पर्साको वीरगञ्ज महानगरपालिकाका ५ र सखुवा प्रसौनी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार ०९:३९