सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेका ३२ जना सहित आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

संक्रमितको कुल संख्या ६४ हजार १२२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ३, तेह्रथुमका १, पाँचथरका २, भोजपुरका १, मोरङका ६३, सुनसरीका ७, धनुषाका २, पर्साका १४, बाराका १, रौतहटका २६, सप्तरीका ५, सर्लाहीका १०, सिरहाका १८, काठमाडौँका ६०२, काभ्रेका २, चितवनका १५, दोलखाका ४, धादिङका २१, नुवाकोटका १, भक्तपुरका १०१, मकवानपुरका २४ र ललितपुरका ६४ जनामा कोरोन पुष्टि भएको छ।

सिन्धुपाल्चोकका ३, सिन्धुलीका १, कास्कीका ३०, गोरखाका २, तनहुँका १, लमजुङका १८, बागलुङका १, स्याङजाका १, अर्घाखाँचीका १, कपिलवस्तुका १२, गुल्मीका ६, दाङका ३, नवलपरासीका १२, पाल्पाका १२, प्युठानका ११, बर्दियाका ६, बाँकेका ३२, रुपन्देहीका ११३, रोल्पाका १, कालिकोटका १, सुर्खेतका २९, अछामका १०, कैलालीका १२ तथा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आइतबार ९६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। हाल ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १९० जनाको आईसीयुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु, म्याग्दी, रसुवा र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, चितवन, रुपन्देहीमा र भक्तपुरमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतवार १९:४९