सूचनाको शक्ति - The Power Of Information

        

नाटकबाट उदाउँदै इष्टु


काठमाडौं । विगत ३ बर्षदेखि थिएटर अभिनयमा सक्रिय इष्टु कार्की सानैदेखि नृत्यमा रुचि राख्थिन । नृत्यमा सहभागी भएपनि उनको मन भने नाटकमा अडिएको थियो । तर, गाउँमा नाटकमा अभिनय गर्ने सम्भावना थिएन । सुरुवाति दिनमा थिएटर भिलेजबाट अनुप बराल र विमल सुवेदिबाट प्रशिक्षण लिएर केही नाटकमा अभिनय गरिन् । उनको बुबाका साथी थिए साहित्यकार आहुति । उनको परिवारका सदस्यसँग आहुतीको आउ जाउ राम्रै थियो । इष्टुले आहुतीलाई सोधिन्, ‘मलाई नाटकमा अभिनय गर्न मन छ कहाँ जाऔं रु आहुतिले सुझाए ‘थिएटर भिलेज राम्रो छ । त्यही गएर प्रशिक्षण लेउ ।’
पहिलो पटक मण्डला थिएटरमा मञ्चित नाटक ‘शिरु महारानी’ हेरेकी इष्टुलाई लाग्यो म पनि यस्तै अभिनय गर्न सक्नेँ भए कति मख्ख पर्थे होला । लगत्तै थिएटर भिलेजको यात्रा सुरु गरिन् । अनुप बराल, भोलाराज सापकोटा, विक्रम परियारलगायतसँग तीन महिना प्रशिक्षण लिइन् । ‘मकैको अर्कै खेती र घोडचढी’मा अभिनय गर्ने अवसर मिल्यो । घोडचढीमा निर्वाह गरेको खबरीको भुमिकाले उनलाई चिनाउन भुमिका खेल्यो । यो विचमा उनले टेलिश्रृंखला ‘जीवनचत्र’मा पनि अभिनय गरेकी छिन् । आगामी दिनमा चलचित्रमै सक्रिय हुने उनको योजना छ । नाटकमा अभिनय गरेर तृप्ती पाइन्छ भन्ने इष्टु नाटकबाटै आय आर्जन गार्रुहो भन्नेमा सचेत छिन् । ‘चलचित्रमै अभिनय गर्ने योजनामा छु केही कथा पढिरहेकी छु,’ उनले भनिन् ।

प्रकाशित मिति : २४ पुष २०७४, सोमबार ०९:२०