सूचनाको शक्ति - The Power Of Information

        

देशभर थपिए १२०४ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । यो कूल संक्रमितको ७२ प्रतिशत हो ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १६:३९