भाइरल प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली
।
जाजरकोट । पाँच बालबालिकासहित नौ जनाको ज्यान जाने गरी दुई हप्तादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ । टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् ।
जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका डाक्टरसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सर्बभन्दा बढी प्रभावित मजकोटका गाउँबा उपचार सुरु गरे पछि प्रभावित क्षेत्रमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन ल्याव टेक्निसियन कृष्ण खत्रीले जानकारी दिए । प्रभावित क्षेत्रमा संकलन गरिएको एच वान एन वानको किडबाट संकलन गरिएको विवरण सोमबार काठमाडौं पठाइने तयारी भैरहेको ल्याव टेक्निसियन कृष्ण खत्रीले जानकारी दिए ।
।