सूचनाको शक्ति - The Power Of Information

        

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका ५८, धनुषाका ९, पर्साका १७, बाराका ७८, रौतहटका ६, सप्तरीका ४५, सर्लाहीका २, सिरहाका १९, काठमाडौँका ६९८, काभ्रेका ६, चितवनका १९१, दोलखाका १, धादिङका १४, नुवाकोटका ६, भक्तपुरका ८२, मकवानपुरका ३०, रामेछापका ६ र ललितपुरका ७९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका ३, कास्कीका ८६, गोरखाका १२, तनहुँका ५, नवलपरासीपूर्वका ३९, लमजुङका ६, अर्घाखाँचीका ९, कपिलवस्तुका ६, गुल्मीका ६, दाङका २४, नवलपरासीका ४१, पाल्पाका ३, प्यूठानका १, बर्दियाका १८, बाँकेका २, रुपन्देहीका ८६, रोल्पाका ९, दैलेखका १, रकुमपश्चिमका २३, सुर्खेतका ११७ , अछामका १६, कञ्चनपुरका ७, कैलालीका १७, डोटीका १, बझाङका १, बाजुराका ३ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार शुक्रबार ८७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ। हाल ७ हजार ७ सय ३६ जना क्वारेन्टिनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १८३ जनाको आईसीयुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु, रसुवा र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सुनसरी, सिराहा, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, चितवन रुपन्देहीमा र भक्तपुरमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १७:२०