काठमाडौं । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलाको चार सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ ।
छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ । रासस
सत्यपाटी ।