बाँके । अहिले मास्क हाम्रो दैनिक जीवनको एक अंश नै भएको छ । तर मास्क कोरोना भाइरस रोक्न कति सक्षम छ भन्ने जिज्ञासा पक्कै पनि सबैको मनमा छ । त्यसैले मास्कका वैज्ञानिक आधारबारे जानकारी राख्नु राम्रो हुन्छ । श्वास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा निस्कने छिटाका कारण भाइरस एकबाट अर्काेमा सर्छ ।
ठूलाभन्दा साना आकारका छिटा हावाका माध्यममा टाढासम्म फैलिने सम्भावना बढी हुन्छ । यस्ता कण निकै साना हुने भएकाले त्यसमा मिसिएका भाइरस पनि त्यति बलियो हुँदैन भन्ने दाबी एकातिर छ भने अर्कातिर यस्ता कण सासमार्फत सजिलै फोक्सोमा पुग्ने र संक्रमण गर्ने सम्भावना अझ धेरै हुन्छ पनि भनिन्छ ।
यस्ता कणको संवाहनका कारण वैज्ञानिकले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रतिरक्षा क्षमता राम्ररी बुझ्न सकेका छैनन् । अन्य अचल वस्तु जस्तैः झ्यालरढोकाका चुकुल, कलम, मेचमा रहेका वाष्पीय कणका कारण पनि भाइरस सर्न सक्छ । अहिलेसम्मको अध्ययनअनुसार प्लास्टिक तथा काँचका सतहमा भाइरस ३ देखि ७२ घन्टासम्म सक्रिय रहन सक्छन् ।
तर त्यसमा रहेको भाइरल लोड जति कम गराउन सकिन्छ उति नै संक्रमणको सम्भावना कम रहने विज्ञ बताउँछन् । संक्रमणबाट बच्न सबैभन्दा बढी फेस मास्क प्रयोग भइरहेको छ । अमेरिकामा तीन प्रकारका मास्क घरमै बनाइएको मास्क, सर्जिकल मास्क र एन–९५ मास्क प्रयोग भइरहेका छन् । मास्कले भाइरसयुक्त छिटा अरूबाट आफूमा र आफूबाट अरूमा सर्नबाट रोक्छ छेक्छ ।
घरमै बनाइएका मास्कभन्दा सर्जिकल मास्क २ देखि ३ गुणा बढी प्रभावकारी रहेको अध्ययनले देखाएका छन् । यसैगरी एन ९५ र एफएफपी (युरोपको अमेरिकी एन ९५ सरहका मास्क) भने घरमै निर्मित मास्कभन्दा करिब ५० र सर्जिकल मास्कभन्दा २५ गुणा प्रभावकारी छन् । तर कुनै पनि मास्कले संक्रमणबाट जोगाउने पूर्ण ग्यारेन्टी नदिने भएकाले शारीरिक दूरी अपनाउनु नै सर्वश्रेष्ठ उपाय भएको वैज्ञानिकले सुझाव दिएका छन् ।
एक मिटरको दूरीमा रहेका संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा पनि मास्कैपिच्छे सुरक्षाका परिमाण फरक हुने गरेका छन् । मास्कले शरीरमा अक्सिजनको मात्रा कम लिने र कार्बनडाइअकसाइड रोक्ने भन्ने भनाइ सही होइन । मास्कले अक्सिजन शून्य दशमलव १२० एनएम ग्रहण गर्ने र कार्बनडाइअक्साइड शून्य दशमलव २३२ एनएम छाड्ने गर्छ । एन–९५ मास्कका प्वाल करिब १०० देखि ३०० एनएमसम्म आकारका हुन्छन् ।
यसको अर्थ एउटा प्वाल नै १ हजार ५ सयवटा भन्दा बढी अक्सिजनका अणु प्रवेश र ८ सय ५० अणुभन्दा बढी कार्बनडाइअक्साइड बाहिर जान काफी हुन्छ । कोरोना भाइरसका अणु करिब शून्य दशमलव १२० एनएमको हुन्छ । अक्सिजनको तुलनामा यो हजार गुणा ठूलो हुन्छ । हजारदेखि १० हजार एनएमसम्म आकारका मास्क भाइरसयुक्त वाष्प कण छेक्न प्रभावकारी हुन्छन् ।
ग्यालेन रपले सन् २०११ मा यूएसए ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा १० हजार मिटर दौड एलर्जीका कारण मास्क लगाएर जितेका थिए । एनले सो दूरी २८ मिनेट ३८ दशमलव १७ सेकेन्डमा पूरा गरेका थिए । तर शारीरिक दूरी कायम गर्ने हो भने मास्क लगाउन जरुरी छैन । हाच्छिउँ गर्दा भाइरसयुक्त वाष्प कण तेर्सो ६ मिटर परसम्म पुग्न सक्ने विज्ञको भनाइ छ । अन्य केही अध्ययनले भने ७ देखि ८ मिटरसम्म पनि वाष्प कण पुग्न सक्ने देखाएका छन् ।
लक्षण विकास नभइसकेका व्यक्तिबाट सर्ने भाइरस मात्र मास्कले रोक्न सक्छ । मानिस आफ्नो जीवनकालमा दशौं हजार एन्टिजेन्स नामक कणको संसर्गमा आउँछ । मास्कले शतप्रतिशत एन्टिजेन्सलाई फिल्टर गरे पनि मानिसको प्रतिरोधात्मक क्षमतामा कमी आउँदैन । किनभने खाद्य र पेय पदार्थमार्फत ब्याक्टेरिया र भाइरस शरीरभित्र प्रवेश गरिरहेकै हुन्छन् । एजेन्सीको सहयोगमा
सत्यपाटी ।