सूचनाको शक्ति - The Power Of Information

        

दुई सय विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य

फाइल तस्वीर


कालिकोट । कालिकोटको कालिका आधारभूत विद्यालय छलाहामा कक्षा १ देखि ८ सम्मका विद्यार्थी एकै कोठमा बसेर पढ्न बाध्य भएका छन् । पलाता गाउँपालिका–४ मा रहेको कालिका आधारभुत विद्यालयका जम्मा दुई वटा कोठा छन् । एउटा कोठामा शिक्षक बस्छन् । अर्को कोठामा १ कक्षादेखि ८ कक्षासम्मका विद्यार्थी बस्न बाध्य छन् । कक्षा १ देखि ८ सम्म दुई सय विद्यार्थी यस विद्यालयमा सबै विद्यार्थी एकै कोठामा बसेर पढ्द सम्स्या हुने गरेको छ ।
कक्षा १ का विद्यार्थीलाई पठाएको सबै कुरा कक्षा ८ का विद्यार्थीले सुन्छन् । कक्षा ८ का विद्यार्थीलाई पठाएको सबै कुरा कक्षा १ का विद्यार्थीले सुन्छन् । यसरी एकै ठाउँमा पढाउदाँ विद्यार्थीलाई सिकाउन गाह्रो हुने गरेको छ । जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण गरिएको दुई कोठे भवनमा उनीहरु पढ्दै आएका छन् । २०७२ सालमा शान्ति तथा पुनर्निमार्ण मन्त्रालयले निर्माण सुरु गरेको भवन नबनिकसेकाले उनीहरु एकै काोठामा बसेर पढ्न बाध्य भएका हुन् । त्यस्तै पलाता गाउँपालिकाका धेरै विद्यालयमा अझै पाठ्पुस्तक पुग्न सकेको छैन ।

 

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलवार ०९:०७