सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं उपत्यकामा विहानै दुई पटक भूकम्पको धक्का

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई बुधबार बिहान दुइपटक भुकम्प गएको छ ।

बिहान ५ बजेर २२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युडको भूकम्प रेकर्ड भएको छ । यसअघि आज बिहान नै ५ बजेर १९ मिनेटमा राम्चे केन्द्रविन्दु भइ ६ म्याग्नेच्युडको भूकम्पको धक्का रेकर्ड गरिएको थियो ।

काठमाडौं र आसपासका जिल्लाहरुमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको गएको हो ।

भूकम्पको धक्का काठमाडौंलगायत अन्य जिल्लाहरुमा समेत महसुस गरिएको थियो । यसैबीच सिन्धुपाल्चोकका बासिन्दा भुकम्पका कारण त्रसित बनेका छन् ।

लगातारको बर्षापछी आएको पहिरोका कारण जनजीवन अस्तब्यस्त बनिरहेको अवस्थामा सिन्धुपाल्चाक नै केन्द्रबिन्दु भई भुकम्प गएपछि उनीहरु त्रसित बनेका हनु् । भुकम्पबाट भने कुनै मानविय क्षति भएको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ०८:२३