सूचनाको शक्ति - The Power Of Information

        

लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि नै खुल्ने सरकारको निर्णय

काठमाडौं । लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात शुुरु गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउने छन् । उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनु पर्नेछ ।

त्यस्तै, व्यवसायीले सरकारले तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशत बढीसम्म भाडा लिन पाउने भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १८:५३