सूचनाको शक्ति - The Power Of Information

        

पुनःनियुक्तिको चर्चा चलिरहँदा प्राधिकरणबाट कुलमानको औपचारिक बिदाइ

काठमाडौं । चार वर्षे कार्यकाल पूरा गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई त्यहाँका कर्मचारीहरुले औपचारिक रुपमा बिदाइ गरेका छन्।

घिसिङको पुनः नियुक्तिबारे जनस्तरसम्म चर्को बहस भइरहँदा उनले मंगलबार प्राधिकरणबाट औपचारिक बिदाइ लिएका हुन्। चार वर्ष अघि देशले १६ घण्टा लोडसेडिङ भोगिरहेका बेला २०७३ भदौ २९ गते घिसिङलाई प्राधिकरणको सिइयो नियुक्त गरिएको थियो।

यो अवधिमा उनले देशबाट लोड सेडिङ अन्त्य गर्दै घाटामा रहेको प्राधिकरणलाई अर्बै नाफाको अवस्थामा पु¥याएका छन्। कार्यकाल सकिएपछि आइतबारदेखि नै कार्यालय जान छाडेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुनः निय्ुक्ति चर्चा भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएनन्।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले कुनै पनि संस्थाको नेतृत्वमा व्यक्ति आउनु जानु सामान्य भएको उल्लेख गरे। उनले टिममा मिलेर काम गर्दा आफ्नो कार्यकालमा प्राधिकरणले नजिता निकाल्न सकेको उल्लेख गर्दै कर्मचारीहरुलाई धन्यावद दिए।

दैनिक १०÷१२ घण्टाको मिहिनेतका कारण नै अहिलको नजिता आएको घिसिङको भनाइ थियो। २०५१ सालमा प्राधिकरणको सातौं तहको कर्मचारीका रुपमा उनले आफ्नो करियर सुरु गरेका थिए।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १७:२६