सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं उपत्यकामा थपिए ६ सय ७६ संक्रमित

काठमाडौं ।  काठमाडौं उपत्यकामा मंगलबार थप  ६ सय ७६ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ५५ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर मंगलबार १४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १६:५५