सूचनाको शक्ति - The Power Of Information

        

भारत सरकारले प्याज निर्यातमा रोक लगायो

काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ ।

प्याजको उत्पादन हुने क्षेत्रमा भारी वर्षा हुँदा उत्पादनमा कमी आएसँगै निर्यातमा रोक लगाएको हो ।

भारतको उद्योग तथा आपूर्ती मन्त्रायले सूचना जारी गरेर सबै प्रकारका प्याजको निर्यातमा रोक लगाइएको उल्लेख गरिएको छ ।

कार्यालयले रोक लगाउने निर्णय तत्कालै कार्यान्वयन हुने बताइएको छ ।

भारतले प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको असर नेपालमा प्याजको मूल्यमा वृद्धि हुने सम्भावना बढेको छ ।

भारतबाट ठूलो मात्रामा वर्षेनी नेपालसँगै बंगलादेश, मलेसिया, श्रीलंकालका देशमा प्याजको निर्यात हुँदै आएको छ ।

भारत सरकारले गत अप्रिलदेखि जुन महिनासम्म मात्रै १९८ मिलियन अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको थियो ।

भारतले सन् २०१९/०२० मा ४४० मिलियन डलर बराबरको प्याज निर्यात हुने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १३:०६