काठमाडौं । सोमबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ ।
अहिले देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखी मध्यम पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेकोले देशका केही स्थानमा बदली भई पानी परिरहेको छ ।
आज दिउँसोपछि देशभर सामान्यतया बदली रहि केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुप प्रदेशमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
त्यस्तै आज राती पनि प्रदेश १, वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ मा ठुलो पानी पर्ने सम्भावना रहेको छ । देशका विभिन्न स्थानमा बदली रही नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।
सत्यपाटी ।