सूचनाको शक्ति - The Power Of Information

        

भीषण पहिरो :

सिन्धुपाल्चोक पहिरो अपडेट : सात शव भेटियाे, २४ बेपत्ता, सभामुख घटनास्थलमा

अहिलेसम्म २४ घर पुरिएको विवरण

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ।

अझै २४ जना हराइरहेका छन्। बाह्रबिसे नगरपािलकाका मेयर निमफुन्जे शेर्पाले एकछिन अघि दिएको जानकारीअनुसार अहिलेसम्म सात जनाको शव भेटिएको हो।

‘खोजी जारी छ,’ मेयर शेर्पाले  भने, ‘सभामुख अग्निप्रसाद सापकोटा पनि अहिले घटनास्थलमै हुनुहुन्छ।’ सभामुख सापकोटाको गृह जिल्ला सिन्धुपाल्चोक नै हो। मेयर शेर्पाका अनुसार सभामुख सापकाेटा गाडीमार्फत टाेली लिएर घटनास्थल अवलाेकनका लागि पुगेका हुन्।

भेटिएका सात शव ककसका हुन् भन्ने विषयमा अहिले पत्ता लगाउने प्रयास भइरहेको मेयर शेर्पाले बताए।

‘हामी उद्धारकै क्रममा छौं, सबै विवरण एकिन भइसकेको छैन,’ मेयर शेर्पाले भने, ‘माथि भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको रहेछ, अहिलेसम्म २४ घर पुरिएको विवरण पाएका छौं।’

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतवार १०:४८