सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँमा बिहानैदेखि वर्षाः देशभर कस्तो रहन्छ दिनभरको मौसम?

काठमाडौं। काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार बिहानैदेखि पानी परेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ।

देशभर आइतबार दिउँसो पनि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पनि देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतवार ०९:२९